पाेखरा, स्थानिय तहको निर्वाचनको दिन जति जति नजिकीदै छ पाटीका नेता तथा कार्यक्रताहरुलाई चुनावको महावलले हुवात्ते छोपेको छ ।
पाटीले टिकट नपाउदासम्म कस्ले टिकट पाउने हो भन्ने कैतुहता भईरहेका कार्यकर्तामा निर्वाचनका लागि उमेदवारी दर्ता गरेपछि चुनावी कार्यक्रमको कार्यतालिक तयार पारी घरदैलो अभियानलाई अगाडी वढाएका छन् ।
यसैक्रममा पोखरा महानगरपालिका वडा नं २९ मा नेकपा एमालेले पाटी अध्यक्ष प्रमोद भण्डारीको संयोजकत्वमा पाँच सय एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरी बुघवार देखि पहिलो चरणको घरदैलो भण्डारढीक खेल मैदान पछाडीको नयाँ वस्तीबाट अभियानको थालनी गरेको छ ।
निर्वाचनलाई प्रभावकारी र जनाता मुखि बनाउनका लागि चुनाव परिचालन कमिटिको ब्यवस्थापनमा उमेदवार परिचय सहित भावी योजनाहरुका बारेमा मतदाताहरुलाई जानकारी गराईएको थियो ।
गत २०७४ सालको स्थानिय निर्वाचनमा एमालेले बिजय प्राप्त गरेको वडा नं २९ मा यस पटक वडाअध्यक्षमा श्रीप्रसाद गुरुङ,महिला सदस्यमा निर्मला पौडेल,दलित महिला सदस्यमा सुकमाया सुनार र सदस्यहरुमा कालिदास पोखरेल र क्षेत्र बहादुर गरुङ रहेका छन्।