पञ्चासे आदर्श क्लबद्वारा सरसफाई तथा सचेतना

पोखरा । पञ्चासे आदर्श क्लब आयोजना निलगगन विकास सामाजको सहयोग र पोखरा महानगरपालिकाको प्राविधिक सहयोगमा सरसफाइ तथा सचेतना कार्यक्रम गरियो । प्लाष्टिकको प्रयोगले मानव जीवनमा पार्न सक्ने असर, त्यसको न्युनिकरण र फोहोर ब्यवस्थापन सम्वन्धमा १ दिने सचेतना कार्यक्रम पोखरा २३ सिधाने र त्यस क्षेत्रका स्थानीय वीच गरिएको थियो ।

फेवाताल देखाएर ब्यवसायीहरु र स्थानीय निकायबाट पनि फेवातालको मुहान सरसफाइमा खासै चासो नदेखाउदा, फेवाताल र फेवातलमा मिसिने खोलानाल प्रदुषित बन्दै गएकोछ । फोहोर ब्यवस्थापन नहुदा खोती योग्य जमिन साथै वातावरणमा असर परेको हुँदा फेवातालको मुख्य पानीको श्रोत हर्पन खोलाको फोहोर उठाउन स्थानीयले माग गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका इन्जिनियर नेत्र प्रसाद तिमिल्सिना र विषेश अतिथी महानगरपालिका का सरसफाइ शाखा अधिकृत हर्क गायकले प्लाष्टिकको प्रयोगले मानव स्वास्थ, वातावरण प्रदुषण साथै जलवायु परिवर्तनमा पनि नराम्रो असर पार्ने हुँदा यसको प्रयोग तथा ब्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

उक्त कार्यक्रमा हर्पनकोट मावि ब्यवपस्थापन समितिका अध्यक्ष, हिमान सिं गुरुङ्, निलगगन विकास समाजका अध्यक्ष बैकुण्ठ पौडेल, समाजसेवी नारयण पौडेल लगायएतले फोहर ब्यवस्थापन र फेवाताल जलाधार क्षेत्रको सरसफाइको वारेमा आफ्नो धारणा ब्यक्त गरे । सो कार्यक्रममा अहिले पोखराबाट दैनिक करिव ३०० जना पौडी खेल्न हर्पन खोलमा जाने र खानपिनमा प्रयोग भएका सामाग्रीहरु ब्यवस्थापन नभएका कारण पनि हर्पन खोला थप फोहर भएकोले स्थानीयको भनाइ छ ।

घर सफा भए समाज सफा र मुहान सफा रहे ताल सफा हुने हँुदा फेवातल जलाधार क्षेत्रका वासिन्दाले आ–आप्mनो घरवाट निस्कीएको कुहिने फोहर घरमा नै ब्यवस्थापन गर्न सके र नष्ट नहुने फोहार नगरपालीको सहयोगमा ब्यवस्थापन गरिएमा यस क्षेत्रका खोनानाला र फेवाताल स्वतह सफाहुने वक्त्ताहरुले बताए ।
सचेतना कार्यक्रम पछि सिधाने, कुदविडाँडा, दमदमेका स्थानीयले घर वारी, खोल्साबाट जम्मा गरिएको करिव २ गाडी वोरा फोहर ब्यवस्थापनको लागि पोखरा महानगर पालिकाको फोहर उठाउने गाडीमा पठाएको थियो ।

संस्थाका अध्यक्ष दिनेश गुरुङ्ग अध्यक्षतामा संचालन उक्त कार्यक्रमका संयोजक इश्वर गुरुङ्ग र कार्यक्रम संचलक अर्जुन गुरुङ्ग रहेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...