हरितालिका तिज, महिला माथिको हिंसा, अवको दायित्व

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज हिन्दु नारीहरुको लागी विशेष पर्व हो । तिज नजिकिदै गर्दा नारीहरु माथि घटिएका घटनाहरु (कतै श्रीमानद्धारा हत्या, कतै प्रेमीद्धारा प्रेमीकाको हत्या त कतै वलत्कारको घटना) देख्दा र सुन्दा तिज पर्व मनाउन पनि कता कता अफ्ठेरो महशुस भइरहेको छ । नारीको हत्या वढेको छ । अमेरीका जस्तो ठाउँमा पनि महिलाले मृत्युवरण गर्नु प¥र्यो । म्याग्दीको मिना परियार हराएको १ महिना पछि जंगलमा उनको अवशेष फेला पर्दछ, उसको पेटमा वच्चा पनि रहेको समाचारहरु आएको छ । झापामा १ किशोरीको सामुहिक वलत्कार भन्ने समाचार आइरहेको छ । दिन प्रतिदिन हत्या, आत्महत्या, वलत्कार, घरेलु हिंसाको कारण नारीहरुले अकालमै ज्यान गुमाउन परेको छ ।

नारी नै सृष्टीकर्ता हो, नारी नै आमा हुन आमा शव्द जति महान शव्द आजसम्म कुनै शव्दकोषमा वनेको छैन । आधा आकाश ढाकेका नारीहरु माथि नै यति ठुला ठुला अपराधहरु कसरी गर्न सक्छन् मानिसहरु ? नारी आखिर सुरक्षित कहाँ रहे ? सार्वजनिक स्थलमा, काम गर्ने अफिसमा, विद्यालयमा, न त आफ्नै घरमा, आफ्नै घरपरिवारमा पनि सुरक्षित नरहेको अवस्था छ । कतिपय घटनाहरु त वाहिर आएको अवस्था छैन ।

विकास भन्ने वित्तिकै आज हामी भौतिक विकासको मात्र कुरा गर्दछौं । तर त्यो मात्र विकास हैन मानविय विकास जसको कारण सोचमा परिवर्तन, संस्कृतिमा सुद्धढिकरण, कुरीति कुसंस्कारको अन्त्य गर्ने काम आजको आवश्यकता हो । शिक्षासंगै विकृति पनि फैलिएको अवस्था छ । त्यसमा रोक्नु आजको आवश्यकता हो । प्रविधि विकाससँगै नयाँ नयाँ जतिलताहरु आएका छन् । त्यसको कारण पनि महिला माथि हिंसा वढिरहेको अवस्था जगजाहेर नै छ ।

महिला विरुद्ध सार्वजनिक र निजी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष तथा अन्तरपक्षिय प्रकृतिका वहुविभेद पुर्ण कार्यहरु नै महिला हिंसा हुन् । शारिरिक रुपमा महिलालाई दिने यातना मात्र महिला हिंसा पक्कै होइन ।

आजको २१ औ शताव्दीमा पनि अधिकांश महिलाहरु हिंसावाट ग्रसित छन् । आधा आकाश ढाकेका महिलाहरु, सृष्टिकर्ताको रुपमा आमाको गहन भुमिकामा रहने महिलाहरु, हिंसाले पिडित रहदाँ अझ पनि हाम्रो समाज ढुंगे युगमा नै हो कि भन्ने अनुभुति जोकोही महिलालाई हुने गर्दछ । गर्व अवस्थामा नै छोरी भएको नाममा भ्रुण हत्या गर्ने गरिन्छ । यो हिंसा आधुनिक समाज र प्रविधिको विकासले ल्याएको नयाँ खालको हिंसा हो ।

महिलाहरु घर देखि वाहिर निस्किदाँ पनि स्वतन्त्रका साथ निर्धक्कले हिड पाँउदैनन् । साना साना वालिका देखि वृद्ध महिलाहरु वलत्कारको सिकार भएर अकालमै मर्न वाध्य छन् । महिलाहरुलाई राजनैतिक, सामाजिक क्षेत्रमा समावेशिता र समानताका कुराहरु गरेता पनि अझ पनि त्यसलाई व्यवहारमा लागु गरेको पाइदैन । जसले समानताको नारा घन्काइरहेका छन् तिनै व्यक्तिबाट नै धेरै महिलाहरु पिडित छन् । महिलाहरु कुनै सामाजिक र राजनैतिक क्षेत्रमा घरवाट वाहिर जान परेको खण्डमा घरको सवै काम सकेर जानु पर्ने वाèयात्मक परिस्थिती विद्यमान छ ।

हरेक क्षेत्रमा आफुलाई सक्षम प्रमाणित गर्दा गर्दै पनि महिला भएको कारणले जिम्मेवारी पुरा गर्न सक्दैन भन्ने कुराले पुरुषहरु भन्दा पछाडि नै राख्ने गर्दछन् । महिलाहरु आफ्नो योग्यता, क्षमता र कार्य सम्पादनको हिसावले आफुलाई अगाडी वढाएता पनि यो समाजले महिलाहरुलाई विभिन्न लान्छाना लगाउने गर्दछ । पितृसतात्मक समाजले स्विकार गदैन । हाम्रो देशमा राष्ट्रपति, प्रधानन्याधिस, मुख्यसचिव जस्ता महत्वपुर्ण क्षेत्रमा महिलाले नेतृत्व गरिसक्नु भएको छ । हरेक क्षेत्रमा जस्तै राजनिति, डाक्टर, पाइलट, शिक्षक, इन्जिनियर, निजामति, जंगि, अड्डा अदालत जस्ता क्षेत्रमा महिलाहरुको सहभागीता वढेको अवस्था छ । तर सजिलो छैन ।

आजको प्रविधियुक्त युगमा समाज प्रवेश गर्दा पनि महिलाहरु वोक्सीको आरोपमा, दाईजो नǔयाएको आरोपमा, छाउपडी प्रथा जस्ता कुपरम्पराले धेरै शोषित हुन पुगेको अवस्था छ । महिला भएकै कारण एसिड प्रहार, मानव वेचविखन, वेश्यावृतिको शोषणमा परेका छन् । नेतृत्वमा हाराहारी संगठनमा वारावरी भन्ने नारा मात्र नारामा सिमित छ ।
राजनैतिक क्षेत्रमा पनि संविधानले दिएको अधिकार वाहेक कुनै थप राजनैतिक दलहरुले महिलाहरुलाई नेतृत्वको अधिकार दिनको लागी तयार छैनन् । महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा खासै स्थान दिएको पाईदैन । कुनै राजनैतिक दलको अèयक्षको पदमा वा सभापतिको पदमा महिलाहरु आज सम्म भएको पाइदैन । महिलाहरुमा योग्यता क्षमता क्रियाशिलता भएता पनि पितृसत्ता हावी भएकै हुन्छ । सामाजिक क्षेत्रहरु विद्यालय, सहकारी, वन, विकास निमार्णमा नेतृत्व अथवा अन्य सामाजिक संस्थाको पदमा पनि पुरुष नै हुने गर्दछ ।

हरेक वर्ष महिला हिंसा विरुद्ध १६ दिने अभियान संचालन भईरहन्छन् अर्को तर्फ महिलाहरु बलत्कृतको सिकार भई मर्न वाध्य छन् । गोष्ठी, सेमिनार, अभियानहरु चारतारे होटलमा गर्ने महिला अधिकारकर्मी भन्नेहरु वलत्कृत महिलाको न्यायको लागि न सम्वन्धित निकायलाई झकझकाउछ न पिडितको परिवारलाई नै सहयोग गर्छन् । अभियानहरु त केवल पिडितलाई देखाएर वजेट पच्ने माध्यममा मात्र सिमित छन् । पिडित सम्म पुगेको अवस्था छैन । आमाको नामको नागरिकताको आधारमा निजको सन्तानलाई नागरिकता पाउने भन्ने संविधानमा व्यवस्था भए पनि त्यसको व्यवहारीक पक्ष भने धेरै झंझटिलो अवस्था छ । कोही कतै सुरक्षित रहेको अवस्था छैन । महिला भएको कारण नै हिंसाले प्रतादित छन् धेरै महिलाहरु । यि अवस्थाको कारणले पनि हामी भन्न सक्छौं महिलाहरु कहाँ कता सुरक्षित होलान ?

सामाजमा भएका जगन्य अवराधहरु दवावका कारण ढाकछोप गरिन्छ । उǔटै पिडित महिलालाई नै खराव अवस्थामा दर्ज गरिन्छ । आजको वैज्ञानिक युगमा महिलालाई देवी समान मानेर अग्रमोर्चामा राखी अगाडी वढाउनु पर्नेमा झन् महिला माथि हुने चरम शोषण र हिंसाहरु झन् वढ्दै गएको छ । कतै महिलाहरु प्रेममा विश्वासघातका कारण मर्न वाèय छन् त कतै महिलाहरु शिक्षामा हुने विभेदका कारण मर्न वाèय छन् । जसले देश र समाज परिवर्तन गर्छु भनेर हिडिरहेका छन् उनकै घरका श्रीमती दिदी वहिनी हिंसावाट गुज्रिरहेका छन् । हिमाल देखि तराई सम्मका चालचलन रितिरिवाज, धर्म संस्कृतिका नामवाट अनेक हिंसा भइरहेका छन् । महिला माथि हुने गरेका हिंसा, दुरव्यवहारहरु हाम्रो
समाजले पुरुषको अधिकारको रुपमा सहज स्विकार गरेका कारण पढेलेखेका धनाढ्य भनेका पुरुषहरुले पनि महिलाहरु माथि हिंसा गरेका छन् ।

भनिन्छ श्रीमान श्रीमती एकै रथका दुई पाङग्रा हुन तर अधिकांस महिलाहरु श्रीमानको दुरव्यवहारले हिंसामा परेका छन् । श्रीमतीलाई मात्र श्रीमतीको नामका लागी विवाह गरेको भन्ने पुरुषत्व धेरै पुरुषहरुमा पाइन्छ । काम गर्ने स्थानमा पनि पुरुष जतिकै काम गरेता पनि महिलालाई हेपेर बोलेको पाइन्छ । कुनै ज्यालादारीमा काम गर्ने महिला र पुरुषको ज्यालालाई हेर्ने हो भने पनि पुरुषको तुलनामा महिलाको कम ज्याला हुने गर्दछ ।

महिला पुरुष भन्दा अगाडी हुनुपर्छ भन्ने होइन तर महिला र पुरुषमा समानता हुनु जरुरी छ । जवसम्म मानिसको सोच महिला माथि हेर्ने दृष्ट्रिकोणमा परिवर्तन ल्याउन सक्दैनौ तव सम्म देश पनि विकास हुन सक्दैन किनकी कुनै घर देखि समाज र देशलाई सुखी र समृद्ध वनाउन महिलाको महत्वपुर्ण भुमिका रहेको हुन्छ ।

हामीले मनाउने हरेक महिला सम्वन्धी चाड वा अभियान जुन सुकै होस् त्यसलाई महिलाहरुको अधिकारलाई स्थापित गर्ने अवसरको रुपमा लिनु पर्दछ । यस वर्षको हरितालिका तिजलाई पनि सोही रुपमा लिने काममा लाग्नु पर्दछ । महिला शशक्तिकरणलाई यो चाडले महत्व दिएको पाईन्छ । यसको परम्पराले पनि त्यहि भन्छ । हामीले हाम्रो मौलिकतालाई भुलेको भान भएको छ । तिज महंगो र भड्किलो हुदै गएको छ । सचेत महिला दिदि वहिनीहरुले लैगिंक विभेदको विरुद्धमा सवै महिलाहरुलाई गोलवन्द गर्दै महिला माथि हुने विभेदको समुल अन्त्य गर्दै संविधानमा लेखिएको समाजवादमा पुग्नको लागी अग्रेणी भुमिका निर्वाह गर्नु पर्ने देखिन्छ । यो अभियान सो उद्देश्य प्राप्तीको निम्ती निरन्तर अगाडी वढनु पर्ने आजको आवश्यकता हो ।

टिप्पणिहरु
लोड हुदै...