रसुवामा ५ दलित सदस्य निर्विरोध, तीन स्थानमा पद खाली

रसुवा, यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ५ जना निर्विरोध चयन भएका छन्।आइतबार र सोमबार भएको मनोनयन दर्ता गराएका ५ जना दलित सदस्य निर्विरोध चयन भएका हुन्।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ र ५, कालिकाको वडा नम्बर १ र आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ र ४ का दलित महिला सदस्य निर्विरोध भएका हुन्।जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-२ मा कांग्रेसका दिलमाया विक, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका गममाया विक, कालिका गाउँपालिका- १ मा नेकपा माओवादी केन्द्रका ज्योती सरा परियार, गोसाइँकुण्ड गाउँपालिका-२ मा नेपाली कांग्रेसकी लक्ष्मी परियार र वडा नम्बर ५ मा नेकपा एमालेकी कान्छी लाटी कमिनी निर्विरोध भएका हुन्।

तीन स्थानमा दलित नहुँदा पद खाली

गोसाइँकुण्ड गाउँपलिकाको वडा नम्बर १, ३ र ४ मा दलित महिला सदस्यमा एउटै उम्मेदवारी परेन।यस क्षेत्रमा दलित नभएका कारण तीन वटा पदमा उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...